दफा १०
लेख, वक्तव्य वा भाषण प्रकाशन वा प्रसारण गर्न नहुने
पदाधिकारीले काल्पनिक वा वास्तविक नामबाट नेपालको सार्वभौमसत्ता र अखण्डतामा आँच आउने, देशको शान्ति सुरक्षा, वैदेशिक सम्बन्ध र सार्वजनिक मर्यादामा खलल पर्ने, अदालतको निर्णयको अपहेलना हुने तथा प्रचलित कानुन तथा नेपाल सरकारको नीति विपरीत वा नेपाल सरकार र जनता बिचको सम्बन्धमा खलल पर्ने गरी कुनै पनि सञ्चार माध्यमबाट लेख, वक्तव्य वा भाषण प्रकाशन वा प्रसारण गर्न हुँदैन । तर व्यवसायसँग सम्बद्ध विषयमा प्राज्ञिक वा अनुसन्धानात्मक प्रकृतिको लेख रचना लेख्न प्रकाशन गर्न कुनै वाधा पु¥याएको मानिने छैन ।